३ चैत काठमाडौँ । आज भएको लुम्बिनी प्रदेशले प्रधानमन्त्री कप पुरूष राष्ट्रिय क्रिकेट प्रतियोगितामा लुम्बिनी प्रदेशले तेस्रो जित हासिल गरेको छ । आज भएको सुरुवातीको खेलमा लुम्बिनीले बागमती प्रदेशलाई ४८ रनले हराएको हो ।लुम्बिनीले दिएको ११६ रनको लक्ष्य पछ्याएको बागमती २२.५ ओभरमा ६७ रनमै अलआउट भएको हो ।
पृथु बास्कोटाले सर्वाधिक १५ रन बनाए । आशुतोष घिरैया र सुमन सुनारले समान ११ रन बनाए । अन्यले दोहोरो अंकमा रन जोड्न सकेनन् ।लुम्बिनीका लागि बिप्रासन केसी र अजय चौहानले ३(३ विकेट लिए भने निर्मल गुरुङ र रमेश कुर्मीले २.२ विकेट लिए ।त्यसअघि टस जितेर पहिले ब्याटिङ गरेको लुम्बिनी ३२.४ ओभरमा ११५ रनमा अलआउट भएको थियो ।
आकाश त्रिपाठीले सर्वाधिक ३३ रन बनाए । मनिष थापा र कप्तान देव खनालले समान १५ रन बनाए । सुर्य तामाङ र इशान पाण्डेले २.२ तथा रिजन ढकाल र सोनु देवकोटाले १.१ विकेट लिए ।लुम्बिनीले हालसम्म ४ खेल खेल्दा ३ जित निकालेको छ । भने बागमतीले ४ खेलमा १ जित मात्र निकालेको छ ।