Logo

बिहिवार, कार्तिक १३ गते २०८३

पालुङटारका २२ बर्षीय सुनार जवरजस्ती करणीमा पक्राउ 

पालुङटारका २२ बर्षीय सुनार जवरजस्ती करणीमा पक्राउ 

जोईन खबर

४, चैत्र २०८१
  • 643
    SHARES
  • पालुङटारका २२ बर्षीय सुनार जवरजस्ती करणीमा पक्राउ 

    ४ चैत काठमाडौँ । गोरखा पालुङटारमा १३ बर्षीया बालिकालाई जवरजस्ती करणी गरेको आरोपमा एक युवक पक्राउ परेका छन् । पालुङटार नगरपालिका वडा न–१ का २२ बर्षीय सुनिल सुनारलाई शनिवार जिल्ला प्रहरी कार्यालयले गोरखाले पक्राउ गरेको बताए ।

    images

    पिडितले दिएको जाहेरी अनुसार फागुन १८ गते राती करिव दश बजेको समयमा सुनारले बालिकालाई जवरजस्ती करणी गरेको र पीडितका आफन्तले फागुन २६ गते सुनारबिरुद्ध गोरखा प्रहरीमा जाहेरीका दिए । प्रहरीले सोही जाहेरीको आधारमा सुनारलाई शनिवार विभिन्न स्थानमा खोजतलास गरि पक्राउ गरेको गोरखा प्रहरी जनाए ।

    images
    images
    images

    पिडितले दिएको जाहेरी लगतै प्रतिवादी फरार थिए । उनलाई प्रहरीले विभिन्न मध्यम प्रयोग गरि खोजतलासको क्रममा पानपा २ बाट पक्राउ गर्न सफल भएको जानकारी दिए ।  पक्राउ परेका सुनारबिरुद्ध जवरजस्ती करणी कसूर शीर्षकमा मुद्दा दर्ता भइ थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

    प्रकाशित मिति :चैत्र ४, २०८१ सोमवार - ११:१२:०६ बजे

    जोईन खबर

    images
    images
    images
    images
    ताजा अपडेट
    धेरै पढिएको