४ चैत काठमाडौँ । नेपाल प्रहरी महानिरीक्षक (आईजी) बसन्तबहादुर कुँवर आज देखि अवकाशमा जाँदै छन् ।आज सोमबार प्रहरी हेडक्वाटरले कुँवरको बिदाइ गर्नेछ ।विद्यमान प्रहरी नियमावलीअनुसार ३० वर्षे उमेर सेवा अवधिका कारण उनी अवकाशमा जान्छन् । कुँवर अवकाशमा जाने भएसँगै ३१ औं आईजी को बन्छन ।
३१ औं आईजीका तीन एआईजीहरु प्रतिस्पर्धामा छन् । जसमा प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो सीआईबीका प्रमुख तथा एआईजी कार्यरत दीपक थापा, राष्ट्रिय प्रहरी प्रशिक्षण प्रतिष्ठान प्रहरी एकेडेमीका प्रमुख तथा एआईजी सुदीप गिरी र काठमाडौं उपत्यका प्रहरी कार्यालय रानिपोखरीका प्रमुख तथा एआईजी टेकबहादुर तामाङ छन् ।
उनीहरू तीन जनामध्ये एक जनालाई सरकारले आईजीमा बढुवा गर्नेछ ।आईजी बढुवाका लागि आज मन्त्रीपरिषद् बैठक बस्ने बताइए पनि समय भने अहिलेसम्म यकिन भइसकेको छैन ।अहिले आईजीपीको प्रतिस्पर्धामा रहेका तीनै जना हालका आईजीपी कुँवरकै ब्याचको वैकल्पिक टोलीका रुपमा भदौ २०५२ मा प्रहरी सेवामा प्रवेश गरेका थिए ।