Logo

बिहिवार, कार्तिक १३ गते २०८३

वाईसीएल नेपालको कार्यालयमा असन्तुष्ट समूहले तालाबन्दी गरे

वाईसीएल नेपालको कार्यालयमा असन्तुष्ट समूहले तालाबन्दी गरे

जोईन खबर

४, चैत्र २०८१
  • 799
    SHARES
  • वाईसीएल नेपालको कार्यालयमा असन्तुष्ट समूहले तालाबन्दी गरे

    ४ चैत काठमाडौँ । नेकपा माओवादी केन्द्र निकट युवा सङ्गठन योङ्ग कम्युनिस्ट लिग ९वाईसीएल० नेपालका असन्तुष्ट समूहले कार्यकक्षमा तालाबन्दी गरेको छ । अध्यक्ष सुबोध शेर्पालीले राष्ट्रिय सम्मेलन नगर्ने हिसाबले गतिविधि गरेको भन्दै सोमबार कार्यालयको कार्यकक्षमा तालाबन्दी गरेको हो ।

    images

    अध्यक्ष शेर्पालीले तीन वर्षसम्म सङ्गठनको केन्द्रीय समिति बैठक नबोलाएको, राष्ट्रिय सम्मेलनको विषयमा छलफल नगरेको, परिपत्र समेत जारी नगरी राष्ट्रिय सम्मेलन नगर्ने नियत देखिएकाले तालाबन्दी गरेको वरिष्ठ उपाध्यक्ष ज्ञानबहादुर गुरुङ कासमले बताए । अध्यक्ष भएको तीन वर्षसम्म बैठक राख्नुभएन ।

    images
    images
    images

    सम्मेलन तयारीका लागि छलफल गर्न खोज्दा समेत मान्नुभएको छैन ।  निर्धारित समयमै सम्मेलन गर्ने उद्देश्यले तालाबन्दी गरेका हौँ’, उनले भने । वाईसीएलको फागुन २१ र २२ गते बसेको केन्द्रीय कार्यालय बैठकले आगामी जेठ १७, १८ र १९ गते राष्ट्रिय सम्मेलन गर्ने निर्णय गरेको थियो । केन्द्रीय समितिको चौथो पूर्ण बैठक फागुन २७ गते भर्चुअल माध्यमबाट बस्ने निर्णय भएको थियो । 

    प्रकाशित मिति :चैत्र ४, २०८१ सोमवार - १६:४६:५१ बजे

    जोईन खबर

    images
    images
    images
    images
    ताजा अपडेट
    धेरै पढिएको