८ चैत काठमाडौँ । यस वर्षको एसईई परीक्षामा डिजिटल माध्यमबाट चिट चोर्ने र चोराउने २ जना समातिएका छन् । यही बर्ष नै अर्काे पर्खाल नाघ्दै चिट चोराएको फोटो भिडियो त भाइरल भएको देखिए पनि अर्काे माध्यबाट पिन चिट चोराउने तरिका भई रहेको रहेछ ।
ह्वाट्स एप ग्रुपमार्फत् चिट चोराउने दुई जना निरीक्षकलाई बारा प्रशासनले आज बिहान पक्राउ गरेको छ ।पक्राउ पर्नेहरुमा पन्नादेवी कन्या मावि सेन्टरकी निरीक्षक रञ्जु कुमारी र रनिङ गार्डको रुपमा खटिएका सौरभ छन् ।
उनीहरुले गल्ती स्वीकार गरेको र हिरासतमा राखेर कारबाही प्रक्रिया अघि बढाइएको प्रमुख जिल्ला अधिकारी बसन्त अधिकारीले जानकारी दिए ।कलैयाको पन्नादेवी कन्या मावि सेन्टरमा ह्वाट्सएपमार्फत् चिट चोर्ने चोराउने गरेको सूचना पाएपछि निगरानी बढाइएको थियो ।
आफ्नो मोबाइलमा ‘साथी’ नामको ह्वाट्सएप ग्रुप बनाएका रहेछन् । निरीक्षकले प्रश्नपत्रको फोटो खिचेर त्यही ग्रुपमा राखिदिने र उत्तर प्राप्त भएपछि परीक्षार्थीलाई सार्न दिने गर्दारहेछन् ।आज ह्वाट्सएपमा प्रश्नको उत्तर आएको तर परीक्षार्थीसम्म पुग्न नपाउँदै मोबाइलसहित उनीहरुलाई नियन्त्रणमा लिइएको अधिकारीले बताए ।