Logo

बिहिवार, कार्तिक १३ गते २०८३

केही विवाद वा झगडाका कारण कामदारलाई खुकुरी प्रहार गर्ने युवक पक्राउ

केही विवाद वा झगडाका कारण कामदारलाई खुकुरी प्रहार गर्ने युवक पक्राउ

जोईन खबर

८, चैत्र २०८१
  • 625
    SHARES
  • केही विवाद वा झगडाका कारण कामदारलाई खुकुरी प्रहार गर्ने युवक पक्राउ

    ८ चैत काठमाडौँ । आफ्नै घरका कामदारलाई खुकुरी प्रहार गर्ने एक युवक पक्राउ परेका छन् । घटना विराटनगर महानगरपालिका वडा न –२ दुर्गा चोकका सक्षम सापकोटालाई प्रहरीले नेपाल–भारत सीमानजिकबाट पक्राउ गरेको हो ।

    images

    सापकोटाले आफ्नै घरमा काम गर्दै आएका विराटनगर–१ का ५७ वर्षीय रमेश गुप्तालाई बिहीबार राति केही विवाद पछि  घाँटीमा खुकुरी हानेर भारतको जोगबनीतर्फ भाग्न लागेका थिए । जोगबनी जानै लाग्दा उनी पक्राउ परेको जिल्ला प्रहरी कार्यालय मोरङले जनाएको छ ।

    images
    images
    images

    घाइते गुप्ताको चिन्ताजनक अवस्थामा नोबेल अस्पताल विराटनगरमा उपचार भइरहेको छ । सापकोटा लागुऔषध प्रयोगकर्ता भएको खुल्न आएको छ । पक्राउ पछि प्रहरीले घटना बारे अनुसन्धान गरि रहेको छ । 


     

    प्रकाशित मिति :चैत्र ८, २०८१ शुक्रवार - ११:५७:४६ बजे

    जोईन खबर

    images
    images
    images
    images
    ताजा अपडेट
    धेरै पढिएको