८ चैत काठमाडौँ । दार्चुलाको मालिकार्जुन गाउँपालिकामा रहेको शंकरपुर क्याम्पसको स्ववियु सभापतिमा अखिल क्रान्तिकारीबाट दलित महिला जानकी टमटा निर्वाचित भएकी छन् । दार्चुला जिल्लामा स्ववियु सभापतिमा पहिलो दलित महिला सदस्या निर्वाचित भएकी हुन् । मालिकार्जुन गाउँपालिका– ८ कै स्थानीय बासिन्दा हुन् ।
उनकी आमा मानमती टमटा २०७४ को स्थानीय निर्वाचनमा दलित महिला सदस्यमा निर्वाचित भएकी थिइन् ।आमाकै प्रेरणाबाट आफू विद्यार्थी राजनीतिबाट स्ववियुको अध्यक्ष पदमा निर्वाचित भएको टमटाले बताइन् । स्नातक तह दोस्रो वर्षमा अध्ययनरत टमटा निडर भएर आफ्ना विचारहरू व्यक्त गर्ने सक्ने क्षमताकी छन् ।
माओवादी आन्दोलनले पछाडि परेका र पारिएका वर्ग समुदायको उत्थान र विकासमा निकै महत्त्वपूर्ण भूमिका खेलेकाले आफू माओवादी विचारधाराको आन्दोलनमा सहभागी हुँदै आएको उनले बताइन्। निर्वाचित टमटाले भनिन, मेरो नेतृत्वको टिमले शंकरपुर क्याम्पसका विभिन्न शैक्षिक समस्या समाधानका सुधार गर्ने प्रतिबद्धता गरेको बताइन ।