Logo

बिहिवार, कार्तिक १३ गते २०८३

 रोकिएको स्ववियु निर्वाचन  अमृत साइन्स क्याम्पसमा चैत १० गते हुदै

 रोकिएको स्ववियु निर्वाचन  अमृत साइन्स क्याम्पसमा चैत १० गते हुदै

जोईन खबर

८, चैत्र २०८१
  • 640
    SHARES
  •  रोकिएको स्ववियु निर्वाचन  अमृत साइन्स क्याम्पसमा चैत १० गते हुदै

    ८ चैत काठमाडौँ । काठमाडौँ ठमेल पिपलबोटमा रहेको रोकिएको स्ववियु निर्वाचन अमृत साइन्स क्याम्पसमा चैत १० गते  हुने भएको छ । चैत ५ गतेका लागि तोकिएको निर्वाचन अन्तिम समयमा आएर स्थगित भएको थियो । स्थगित भएको निर्वाचन सुचारु गराउन माग गर्दै अनेरास्ववियुले उच्च अदालत पाटनमा मुद्दा हालेको थियो ।

    images

    अदालतले यथाशीघ्र चुनाव सम्बन्धी बाँकी कार्य पुरा गर्न अन्तरिम आदेश जारी गरेपछि क्याम्पसले चैत १० गते निर्वाचन गराउने सूचना जारी गरेको हो । निर्वाचनको अघिल्लो दिन अखिल क्रान्तिकारीले तालाबन्दी गरेको थियो ।

    images
    images
    images

    क्रान्तिकारीको तालाबन्दीका कारण स्ववियु निर्वाचन गराउन नसकिने भन्दै क्याम्पस प्रशासनले निर्वाचन स्थगित गरेको सूचना जारी गरेको थियो अदालतको अन्तरिम आदेशपछि क्याम्पसमा बसेको सर्वपक्षीय बैठकले चैत १० गते निर्वाचन गराउने निर्णय गरेको हो ।  बिहान ८ बजेबाट दिउँसो ४ बजेसम्म क्याम्पसपरिसरभित्र मतदान हुने छ । 

    प्रकाशित मिति :चैत्र ८, २०८१ शुक्रवार - १५:५४:४५ बजे

    जोईन खबर

    images
    images
    images
    images
    ताजा अपडेट
    धेरै पढिएको