Logo

बिहिवार, कार्तिक १३ गते २०८३

घोराहीमा राती २ बजे देखि लागेको आगो अहिले सम्म नियन्त्रणमा ल्याउन कठिन

घोराहीमा राती २ बजे देखि लागेको आगो अहिले सम्म नियन्त्रणमा ल्याउन कठिन

जोईन खबर

११, चैत्र २०८१
  • 580
    SHARES
  • घोराहीमा राती २ बजे देखि लागेको आगो अहिले सम्म नियन्त्रणमा  ल्याउन कठिन

    ११ चैत काठमाडौँ । दाङको घोराही उपमहानगरपालिका वडा न –९ खैरास्थित साङ्ग्रिला प्लाई उद्योगमा आगगाली हुँदा करोडौँ रुपैयाँको क्षति भएको छ। प्लाई उद्योगमा विद्युत् सर्ट भएर आगलागी भएको प्रहरीले जनाएको छ।जिल्ला प्रहरी कार्यालयका प्रहरी नायव उपरीक्षक चक्रबहादुर शाहका अनुसार आठ बिघा क्षेत्रफलमा रहेको सो उद्योगमा आगलागीका कारण उद्योग नजिकका ३० भन्दा बढी घर जोखिममा परेका छन्।

    images

    ती घरका सामान बाहिर निकाल्ने काम भइरहेको छ भने त्यहाँ बस्दै आएका नागरिकलाई सुरक्षित स्थानमा लगिएको छ। आगलागीबाट प्लाई बनाउन प्रयोग हुने काठ, कच्चा पदार्थ, प्लाई बनाउने मेसिनलगायत सामग्री जलेर नष्ट भएको छ। उद्योगमा गएराति २ बजेदेखि लागेको आगो अझै निभाउन सकिएको छैन।

    images
    images
    images

    अहिले घोराही, तुलसीपुर, लमही, गढवा र कपिलवस्तुबाट ल्याइएका  दमकलको सहयोगमा आगो निभाउने काम भइरहेको छ। आगो निभाउन ठूलो सङ्ख्यामा नेपाल प्रहरी, सशस्त्र प्रहरी बल, नेपाली सेना तथा स्थानीयवासी खटिएका छन्। रासस

    प्रकाशित मिति :चैत्र ११, २०८१ सोमवार - ११:०६:१२ बजे

    जोईन खबर

    images
    images
    images
    images
    ताजा अपडेट
    धेरै पढिएको