११ चैत काठमाडौँ । सडक कालोपत्रे गर्न बहाकोटदेखि पाँखुवा देउराली सम्म सडक बन्द गरिएको छ । गोरखाको बारपाक सुलीकोट गाउँपालिका वडा न –६ बहाकोटदेखि सोही गाउँपालिकाको वडा न ७ पाँचखुवा देउरालीसम्मको मुख्य सडक गाउपालिकाले एक सूचना जारी गरि चार दिनका लागि सडक बन्द गरिएको हो ।
बारपाक सुलीकोट गाउँपालिका अन्तर्गत गोरखा बजार,घ्याम्पेसाल हुँदै ताकुकोटको कार्यालय रहेको बहाकोट सम्मको सडक खण्ड कालोपत्रे गर्ने काम भएकोले ४ दिनको लागि बन्द गरिएको बारपाक सुलिकोट गाउँपालिकाको अध्यक्ष विष्णु भट्टले जानकारी दिनुभयो ।
यस सडक खण्डमा ग्रावे र कालोपत्रेको काम भएकोले त्यस सडकमा मोटरसाइकल,हलुका सवारी साधन, यात्रुवाहक सवारी साधन बाहेक मालवाहक ट्रक,ट्रिपर,लोडर, लरी एकसाभेटर लगायतका ठूला ठूाल सवारी साधनहरुलाई आवागमन पूर्ण रुपमा बन्द गरिएको सूचनामा उल्लेख गरिएको छ ।
उक्त सडकमा अहिले हुन लागेको काम गण्डकी प्रदेशको भौतिक पूर्वाधार मन्त्रालय अन्तर्गत पूर्वाधार कार्यालय गोरखामार्फत २७ करोड लागतको बजेटमा ८ किलोमिटर सडक कालोपत्रे हुन लागेकोपालिका अध्यक्ष भट्टले बताउनु भयो । बन्द हुने भनिएको सडक आज चैत ११ गतेदेखि चैत १४ गतेसम्म सडक बन्द हुने जानकारी गराएका छन् । पालिकाले यस कारणले यात्रुमा पर्न गएको असुविधाप्रति क्षमाप्राथी चहान्छौ भनेका छन् ।