Logo

बिहिवार, श्रावण १४ गते २०८३

एसइई सकिए पछि बारपाक सुलिकोटले बिधार्थीहरुलाई तिन महिने निःशुल्क आधारभूत कम्युटर तालिम दिने

एसइई सकिए पछि बारपाक सुलिकोटले बिधार्थीहरुलाई तिन महिने निःशुल्क आधारभूत कम्युटर तालिम दिने

मदन नगरकोटी

११, चैत्र २०८१
  • 1.8K
    SHARES
  • एसइई सकिए पछि बारपाक सुलिकोटले   बिधार्थीहरुलाई  तिन महिने निःशुल्क आधारभूत कम्युटर तालिम दिने

    ११ चैत काठमाडौँ । एसइई सकिए पछि बारपाक सुलिकोटले बिधार्थीहरुलाई  तिन महिने निःशुल्क आधारभूत कम्युटर तालिम दिने भएको छ । गोरखाको बारपाक सुलिकोट गाउँपालिकाले पालिकाभित्रका माध्यामिक शिक्षा परीक्षा (एसइई) सकिए पछि विद्यर्थीका लागि निःशुल्क आधारभूत कम्युटर तालिम सञ्चालन गर्न एक सूचनाजारी गरेको हो ।

    images

    यस गाउँपालिकाले आर्थिक बर्ष २०८१/०८२ को स्वीकृत एसईई दिएका बिधार्थीहरुलाई कम्प्युटर शिक्षा भने  कार्यक्रमको सदुपयोग गरि विद्यर्थीहरुलाई मध्यनजर गर्दै तीन महिने आधारभूत कम्युटर तालिम सञ्चालन गर्ने निर्णय गरेको हो ।गाउँपालिकाभित्रका सामुदायिक विद्यालयबाट एसइई दिएर बसेका विद्यार्थीलाई कम्युटर तालिम सञ्चालन गर्न  निर्णय गरेको गाउँपालिका प्रमुख प्रशासकीय अधिकृत सुवास आलेले जानकारी दिनुभयो ।

    गाउँपालिकाले पालिकाभित्र अध्ययनरत सबै विद्यार्थीलाई प्राविधिक क्षेत्रको बारेमा दक्ष बनाउँदै उनीहरुको क्षमता विकासमा सहयोग पुर्याउने उद्देश्यले निःशुल्क कम्युटर तालिम सञ्चालन गरेको उहाँले जानकारी दिनुभयो ।सामुदायिक विद्यालयमा अध्ययन गर्ने विद्यार्थीले अझैपनि कम्युटरसँग खेल्न पाएका छैन, कम्युटर सिकाइको अवसर पाउन सकेका छैनन्, तही नपाएको भएर नै एसइईपछि नतिजा नआउँदासम्मको खाली समयमा खेर फाल्न दिनुहुदैन भन्ने उद्देश्यका साथ उक्त तालिम सञ्चालन गर्न लागिएको गाउँपालिका प्रवक्कता जित बहादुर नेपालीले बताउनु भयो ।

    98512.jpg

    गाउँपालिकाले यस तालिममा सहभागि हुन एक सूचना प्रकाशीत गरेको मिति देखि ७ दिन भित्रमा यसै गाउँपालिकाको इमेलमा  ठेगानामा आवेदन दिन अनुरोध गरेका छन् ।गाउँपालिका भित्र ९ वटा माध्यामिक विद्यालय रहे पनि दुई वटा विद्यालय नजिकै पर्ने भएको ले  गाउँपालिका भित्र ७ वटा माध्यामिक विद्यालयमा सञ्चालन हुने भएको छ ।

    जसमा श्री सुर्यज्योती माध्यमिक विद्यालय ताकुकोट, अन्तरज्योती माध्यमिक विद्यालय डाँडागाउँ, श्रीमाझाथर माध्यामिक विद्यालय स्वारा,श्री हिमालय माध्यामिक विद्यालय सौरपानी, श्री हिमालय माध्यामिक विद्यालय बारपाक, श्री शैलपुत्री माध्यामिक विद्यालय पाँचखुवा देउराली,श्री दुर्गा माध्यामिक विद्यालय रन्चोक मा सञ्चालन हुने भएको जानकारी प्रप्ता भएको छ । ताकुकोट र पाल्खुको  हकमा दुई वटा विद्यालयबाट एसइई दिने विद्यार्थीहरुले भने सुर्यज्योती माध्यमिक विद्यालय ताकुकोट पाल्खु सहभागि हुनु पर्ने छ । 

     

    प्रकाशित मिति :चैत्र ११, २०८१ सोमवार - १५:१०:१३ बजे

    मदन नगरकोटी

    images
    ताजा अपडेट
    धेरै पढिएको