Logo

बिहिवार, कार्तिक १३ गते २०८३

प्राधिकरणका कार्यकारी निर्देशक घिसिङलाई हटाउनुको कारण अझै प्रमाणित भएन 

प्राधिकरणका कार्यकारी निर्देशक घिसिङलाई हटाउनुको कारण अझै प्रमाणित भएन 

जोईन खबर

१२, चैत्र २०८१
  • 739
    SHARES
  • प्राधिकरणका कार्यकारी निर्देशक घिसिङलाई हटाउनुको कारण अझै प्रमाणित भएन 

    १२ चैत काठमाडौँ । सत्ता रुढदल  सरकारले नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशकबाट कुलमान घिसिङलाई बर्खास्त गर्ने तथा हितेन्द्रदेव शाक्यलाई नियुक्त गर्ने मन्त्रिपरिषद्को निर्णय अझै प्रमाणित भएको छैन ।

    images

    सोमबार साँझ बसेको मन्त्रिपरिषद्को निर्णय मुख्यसचिवले प्रमाणित गर्न बाँकी नै रहेकाले कार्यकारी निर्देशक घिसिङले बर्खास्तीको पत्र अझै प्राप्त गर्न सकेका छैनन् ।

    images
    images
    images

    साथै, सोमबारै प्राधिकरणको कार्यकारी निर्देशकमा नियुक्त हितेन्द्रदेव शाक्यले पनि नियुक्तिको पत्र पाएका छैनन् ।मन्त्रिपरिषद्को निर्णय मुख्य सचिवले प्रमाणित गरेर मन्त्रालयमा पठाएपछि त्यो कार्यान्वयनमा जान्छ ।

    तर, निर्णय प्रमाणित गर्न ढिलाइ भएकाले दुवैलाई पत्र दिन नसकिएको एक सरकारी अधिकृतले बताए । बर्खास्तीको पत्र नपाए पनि घिसिङ मंगलबार प्राधिकरणमा उपस्थित भएका छैनन् ।

    प्रकाशित मिति :चैत्र १२, २०८१ मंगलवार - १६:५२:२९ बजे

    जोईन खबर

    images
    images
    images
    images
    ताजा अपडेट
    धेरै पढिएको