Logo

बिहिवार, कार्तिक १३ गते २०८३

 प्राधिकरणको कार्यकारी निर्देशक घिसिङलाई हटाएकोमा प्रतिपक्षी दलहरुले सदन र सडकबाट सरकारको बिरोध गर्ने : रास्वपाका प्रमुख सचेतक परियार

 प्राधिकरणको कार्यकारी निर्देशक घिसिङलाई हटाएकोमा प्रतिपक्षी दलहरुले सदन र सडकबाट सरकारको बिरोध गर्ने : रास्वपाका प्रमुख सचेतक परियार

जोईन खबर

१३, चैत्र २०८१
  • 553
    SHARES
  •  प्राधिकरणको कार्यकारी निर्देशक घिसिङलाई हटाएकोमा प्रतिपक्षी दलहरुले  सदन र सडकबाट  सरकारको बिरोध गर्ने  : रास्वपाका प्रमुख सचेतक परियार

    १३ चैत काठमाडौँ । दुई तिहाई सरकारले नेपाल विद्युत प्राधिकरणको कार्यकारी निर्देशकबाट कुलमान घिसिङलाई हटाएकोमा संसादहरुले सरकारको बिरोध गर्ने निर्णय गरेको छ । आज बिहान सिंहदरबारमा बसेको संसदका विपक्षी दलहरुको बैठकले सदन र सडकबाट सरकारको उक्त निर्णयको बिरोध गर्ने निर्णय गरेको हो ।

    images

    बैठकपछि राष्ट्रिय स्वतन्त्र पार्टीका प्रमुख सचेतक सन्तोष परियारले सरकारले अलोकतान्त्रिक रुपमा विधि मिचेर घिसिङलाई हटाएको भन्दै प्रतिपक्षी दलहरुले संसदमा आवाज उठाउने र सडकमा पनि बिरोध गर्ने निर्णय भएको बताए । सरकारले कुलमानलाई दुई तिहाईको दम्भका आधारमा हटाएको प्रतिपक्षी दलहरुको आरोप छ ।

    images
    images
    images

    अलोकतान्त्रिक तरिकाले, दुई तिहाईको दम्भका साथ पार्टीहरुको सरकारले गलहत्याउने काम गरेको  भन्दै बिरोध गर्ने जनाएका हुन् ।  अनुशासन, विधि भन्दा माथि गएर शक्ति प्रयोग गरेर हटायो । त्यस निर्णयबिरुद्ध सदनमा आवाज उठाउनेछौँ र  सदनमा प्रश्न गर्ने र त्यस कार्यको बिरोध पनि आजै बाट गर्नै रास्वपाका प्रमुख सचेतक परियारले बताए । 

    प्रकाशित मिति :चैत्र १३, २०८१ बुधवार - १२:०५:४० बजे

    जोईन खबर

    images
    images
    images
    images
    ताजा अपडेट
    धेरै पढिएको