१३ चैत काठमाडौँ । प्रतिपक्षी दलहरुले संसद अवरोध गरेपछि प्रतिनिधि सभाको बैठक आधा घण्टाका लागि स्थगित भएको छ । प्रतिनिधि सभाको बैठक चल्दै गर्दा प्रतिपक्षी दलहरुले संसाद अबरोध गरे पछि सभामुख देवराज घिमिरेले आधा घण्टाका लागि बैठक स्थगित भएको जानकारी दिएका हुन् ।
सरकारले कुलमान घिसिङलाई नेपाल विद्युत् प्राधिकरणको कार्यकारी निर्देशक पदबाट हटाएपछि प्रतिपक्षी दलहरुले विरोध गरेका हुन ।
आज बिहान सिंहदरबारस्थित माओवादी केन्द्रको संसदीय दलको कार्यालयमा बसेको प्रतिपक्षी दलहरुको संयुक्त बैठकले कुलमानलाई हटाउने निर्णय गलत भएको ठहर गर्दै विरोध गर्ने तयारीका साथ संसादहरु बैठकमा उपस्थिति भएका थिए ।