१४ चैत काठमाडौँ । समाजवादी मोर्चाले भोली काठमाडौं राजधानी भृकुटिमण्डपमा हुने विरोध प्रदर्शनमा हजारौंको संख्यामा मानिसहरू उतार्ने निर्णय तयार गरि रहेको छ । उनीहरुले जिल्लाका प्रत्यक पालिकाबाट पनि सहभागि गराउने तयारी समेत गरेको छ ।
बुधबार दिउँसो बसेको समाजवादी मोर्चाको १२ औं केन्द्रीय कार्यसमितिको बैठकले यस्तो निर्णय लिएको नेपाल कम्युनिस्ट पार्टी ९नेकपा० का प्रवक्ता खड्गबहादुर विश्वकर्मा प्रकाण्डले जानकारी दिए ।उक्त सभामा लगभग डेढ लाख मान्छे उपस्थित हुने अपेक्षा राखिएको बताए ।
१५ गतेको समाजवादी मोर्चाले गर्न लागेको विशाल विरोध प्रदर्शन र सभा कार्यक्रममा हजारौं संख्यामा उपस्थित गराउने निर्णय गरेको छ । जुलुसलाई व्यवस्थित गर्न विभिन्न रुटहरू तय भएको उनले बताए ।
कुन कुन रुट प्रयोग गरिन्छ ।
