१४ चैत काठमाडौँ । नेपाल समाजवादी पार्टीका अध्यक्ष बाबुराम भट्टराईले नेपाल विद्युत प्राधिकरण कार्यकारी निर्देशक कुलमान घिसिङले जनताको लागि राम्रो काम गरिरहेकाले अहिलै हटाउनु नहुने बताए । दाङ शाखाले बिहीबार घोराहीमा रिपोर्टर्स क्लब नेपाल गरेको पत्रकार सम्मेलनमा बोल्दै भट्टराईले आफू सरकारको नेतृत्वमा भएको भए कुलमानलाई पूरा अवधि काम गर्न दिने जानकारी गराए ।
म भएको भए उनलाई चार महिनाको अवधि पूरा गरेपछि बिदाइ गर्थे । उनले संस्थान, प्राधिकरणजस्ता राज्यका अर्धस्वायत्त अंगहरूमा दलीय हस्तक्षेप र नियन्त्रण हुनु हुँदैन भनेर थिति बसालेको भए पनि पछिल्लो समय त्यो भत्किएको बताए।
यस्ता समस्या विधिले हल गर्नको लागि आफू सरकारको नेतृत्वमा छँदा संस्थान निर्देशन बोर्ड गठन गरेको पनि उनले स्मरण गरेका थिए। त्यसैगरी उनले नेपालको राजनीति गम्भीर संकटमा रहेको पनि टिप्पणी गरे। पछिल्लो समय राजतन्त्र पुनर्स्थापनाका लागि भएको प्रदर्शनबारे बोल्दै राजतन्त्र भूत भइसकेको पनि उनले बताए।