१४ चैत काठमाडौँ । सल्यानमा राष्ट्रिय परिचयपत्र बनाउन गएका ७० बर्षीय वृद्धको सीडीओ कार्यालय परिसरमै लडेर मृत्यु भएको छ। मृत्यु हुनेमा बागचौर नगरपालिका–७ टाट्केका ७० वर्षीय टिकाराम वली रहेका छन्।
आज बिहान ११ बजेतिर उनी राष्ट्रिय परिचयपत्र बनाउन भन्दै जिल्ला प्रशासनमा पुगेको जिल्ला प्रहरी कार्यालय सल्यानले बताए । कार्यालय बाहिर गेट नजिकै उनी लडेर गम्भीर घाइते भएको प्रहरीले जनाए ।
टाउकोमा चोट लागेपछि उपचारका लागि जिल्ला अस्पताल सल्यान लगिएको उपचारकै क्रममा दिउँसो सल्यान अस्पतालले मृत्यु भएको प्रहरीलाई जनाएको छ।