Logo

बिहिवार, कार्तिक १३ गते २०८३

ओलीलाई नकारात्मक गुरु मान्नुपर्ने : अध्यक्ष प्रचण्ड

ओलीलाई नकारात्मक गुरु मान्नुपर्ने : अध्यक्ष प्रचण्ड

जोईन खबर

१५, चैत्र २०८१
  • 700
    SHARES
  • ओलीलाई नकारात्मक गुरु मान्नुपर्ने  : अध्यक्ष प्रचण्ड

    १५ चैत काठमाडौँ । पूर्वप्रधानमन्त्री तथा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले एमाले अध्यक्ष केपी शर्मा ओलीलाई नकारात्मक गुरु मान्नु पर्ने बताए । समाजवादी मोर्चाले काठमाडौँको भृकुटीमण्डपमा शुक्रवार गरेको जनसभालाई सम्बोधन गर्दै पूर्वप्रधानमन्त्री समेत रहेका अध्यक्षले कांग्रेससँगको गठबन्धनका क्रममा ओली र आफूबिच भएको स्वर्ग र नर्कको प्रसङ्ग कोट्याउँदै प्रचण्डले ओली नर्क गएको र आफू स्वर्गतिर जान प्रेरित गरेकाले त्यस अर्थमा केपी ओलीलाई धन्यवाद दिए ।अघि माधवजीले स्वर्ग र नर्कको कुरा गर्नुभयो । तर बुझाई त्यो होइन ।

    images

    उनी नर्कतिर गए मलाई र हाम्रो आन्दोलनलाई जनतातिर फर्काउन प्रेरित गरे त्यस अर्थमा केपी ओलीलाई धन्यवाद छ’ भने प्रचण्डले। प्रचण्डले ओलीलाई नकारात्मक गुरु मान्नुपर्ने भन्दै अहिले पनि उनले उल्टाउल्टो गरिरहेको बताए । उनले कुलमानलाई हटाउनु ओली प्रवृत्ति भएको भन्दै कुशासन र सुशासनको लडाई भइरहेको बताए ।

    images
    images
    images

    प्रचण्डले गणतन्त्र र शान्ति सम्झौतामा सँगै हिँडेका दलहरूलाई छातीमा हात राखेर आत्मसमीक्षा गर्न सुझाव दिए ।हामी कहाँ पुगियो र जनतामा किन आक्रोश पैदा भएको छ । आफूलाई लोकतान्त्रिक मूल्यमान्यतातिर फर्कन आह्वान गर्दछु । उने भने अहिले केही मान्छेको बुझाइ के छ भने एउटा सहसचिव कर्मचारीको लागि किना गस्तो तमासा गरेको होला भने छ तर हामी यो बिशाल सभा कुलमानका लागि गरेको होईनौ भने समेत प्रष्ट पारे । 

    प्रकाशित मिति :चैत्र १५, २०८१ शुक्रवार - २२:०९:४८ बजे

    जोईन खबर

    images
    images
    images
    images
    ताजा अपडेट
    धेरै पढिएको