१६ चैत काठमाडौँ । पूर्वप्रधानमन्त्री तथा नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड समाजवादी मोर्चाले राजावादीहरूको षड्यन्त्र असफल पारेको दाबी गरेका छन् । आज शनिबार प्रेस सेन्टरको ५ औँ राष्ट्रिय महाधिवेशनलाई सम्बोधन गर्दै भृकुटीमण्डमा समाजवादी मोर्चाले सभा नगरेको भए शनिबार काठमाडौंमा अझै ठूलो घटना गराउने षड्यत्र रहेको बताएका हुन्।
लोकतन्त्र र गणतन्त्रप्रतिको कमिटमेन्ट नदेखाइएको भए त्यतिमात्रै होइन अझ ठुला घटना घटाएर देशमा एउटा प्रतिक्रान्तिलाई त्यसको पराकाष्ठामा पुर्याउने षड्यन्त्र रहेको समेत भनाई व्यक्त गरे । धेरैले आफूलाई फोन गरेर पनि त्यस्तै भनेको प्रचण्डले बताए।मलाई जनताले भनेको कुरा बुद्धिजीवीहरुले भनेको कुरा यदि समाजवादी मोर्चाले त्यो स्तरको प्रदर्शन नगरेको भए आततायीहरुको योजना र रणनीति यो भन्दा भयानक थियो ।
त्यस्लाई रोक्यो भन्नुभएको छ भन्नुभयो, भने।राजावादी भन्नेहरूका आक्रमणको निशाना नै प्रेस हुने पनि अध्यक्ष प्रचण्डले बताए।अध्यक्ष प्रचण्डले गणतन्त्रवादी दलहरुकाले लोकतन्त्रप्रतिको प्रतिवद्धता र संकल्प स्थापित गरेको बताए ।
हिजो राजावादी भन्नेहरुको आक्रमणको निसाना प्रेस नै थियो जसले सत्य तथ्य समाचार समाचार संप्रेसन गरेर जनतामा एउटा नयाँ चेतना अग्रगमन, शान्ति, विकास र स्थिरताको समृद्धिको चेतना फैल्याउँछ । गणतन्त्रमाथि प्रहार भइरहेका बेलामा सरकारमा रहेका दलहरुले आफ्नो क्रियाकलाप सच्याएर गणतन्त्र बलियो बनाउने कार्यमा लाग्नुपर्ने समेत जनाकारी गराए ।