१७ चैत काठमाडौँ । भोलि सोमबार देशभर सरकारले सार्वजनिक बिदा दिएको छ ।आईतबार गृह मन्त्रालयले सार्वजनिक बिदा सम्बन्धी सूचना जारी इस्लाम धर्मावलम्बीहरूको पर्व ईद ईद उल फित्र का दिन सार्वजनिक बिदा दिने निर्णय भएको जानकारी दिएको छ ।
इदउलफित्रको अवसरमा भोलि सार्वजनिक बिदा दिने निर्णय गरिएको हो ।
गृहमन्त्रालयका अनुसार आइतबार साँझको चन्द्रमा देखिएपछि भोलि सोमबार सरकारले सार्वजनिक बिदा दिने निर्णय गरेको हो । इस्लाम धर्मावलम्बीहरूको एक महिनासम्म चलेको महान पर्व ‘रमजान मुबारक’ आज समापन हुँदैछ ।
एक महिनासम्म सञ्चालन भएको रमजान मुबारकमा इस्लाम धर्मावलम्बीहरूले दिनभर निराहार व्रत बस्छन् ।रोजा बस्न मुसलमानहरूले उर्दू पात्रोअनुसार सूर्योदय हुनुभन्दा पहिले अर्थात् बिहानको नमाज पढ्नुअगावै खानेकुरा खाई प्रारम्भ हुने र बेलुकाको नमाज ९मगरिब०को आजान सुनेर खोल्ने चलन छ ।