Logo

बिहिवार, कार्तिक १३ गते २०८३

प्रेस सेन्टर नेपालको पाचौं अधिवेशन सम्पन्न ,अध्यक्षमा गिरी विजयी 

प्रेस सेन्टर नेपालको पाचौं अधिवेशन सम्पन्न ,अध्यक्षमा गिरी विजयी 

जोईन खबर

१८, चैत्र २०८१
  • 610
    SHARES
  • प्रेस सेन्टर नेपालको पाचौं अधिवेशन सम्पन्न ,अध्यक्षमा गिरी विजयी 

    १८ चैत काठमाडौँ । नेकपा माओवादी केन्द्र निकट संगठन प्रेस सेन्टर नेपालको पाचौं अधिवेशन सम्पन्न भएको छ ।  पाचौं अधिवेशन काठमाडौँको थापा गाउँ काठमाडौँ बैंकेटमा चैत १६ गते देखि सुरु भएको हो । उक्त अधिवेशन धेरै पदकारीहरु निर्विरोध  निर्वाचित भएका हुन् । अध्यक्ष पदमा दुई जना बिच प्रतिस्पर्धा  भएको थियो । कमल गिरी र दीपेन्द्र रावल  अध्यक्ष लागि मैदानमा उत्रिएका थिए ।  उनीहरु दुई मध्य कमल गिरी निर्वाचित भएका छन् ।

    images

    अध्यक्ष पदमा विजयी हुने कमल गिरीले ३६६ मत प्रप्ता गरे भने उनका प्रतिस्पर्धा दीपेन्द्र रावल १९१ मत पछि परेका हुन् । अध्यक्षमा निर्वाचित गिरीले ३ सय ६६ मत, वरिष्ठ उपाध्यक्षमा सुरेशचन्द्र अधिकारी ३ सय ९७ मत  उनका प्रतिस्पर्धी सुदिप वर्देवाले १ सय ११ मत मात्र पाएका थिए । महासचिवमा मनोज घर्तीमगररले ३ सय ७९ मत प्राप्त गरी विजय भएका हुन् । उनका निकटतम प्रतिस्प्रर्धी दिपेन्द्र शर्माले १ सय ४८ मत प्राप्त गरे ।

    images
    images
    images

    उपमहासचिवमा ज्ञान प्रसाद पौडेल, सचिव खुलामा सुरेन्द्र चालिसे र सन्तोष देउजा, सचिव महिलामा अन्जली थापा, सचिव समावेशीमा अवतार राई र कोषाध्यक्षमा बसन्त गिरी निर्वाचित भएका निर्वाचन प्रमुख गोविन्द आचार्यले बताए । यी पदमा निर्विरोध नभएकाले मतदानबाट विजयी घोषणा गरिएको हो ।

    यस पद बाहेक अरु पदमा सबै निर्विरोध निर्वाचित भएका हुन् । यस ५ औँ राष्ट्रिय महाधिवेशन नेकपा माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले उद्वघाटन गरेका थिए । उद्वघाटनाका दिन माओवदी पार्टीका पूर्वअर्थ मन्त्री जनार्दन शर्मा, पूर्वशिक्षा मन्त्री देवेन्द्र पौडेल, उपाध्यक्ष अग्नि सापकोटा विभिन्न संगठनका व्यक्तीहरुको उपस्थिति थियो । 

    प्रकाशित मिति :चैत्र १८, २०८१ सोमवार - ११:१०:५१ बजे

    जोईन खबर

    images
    images
    images
    images
    ताजा अपडेट
    धेरै पढिएको