१८ चैत काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले गत चैत १५ गते समाजवादी मोर्चाको प्रदर्शन सभ्य रहेको बताएका छन् ।शालिन जुलुससहित भएको त्यस कार्यक्रममा आयोजकहरूलाई धन्यवाद ज्ञापन पर्दछु ।
हाम्रो संघीय लोकतान्त्रिक गणतन्त्रलाई सुदृढ गर्ने विधि यस्तै हो भन्ने म ठान्छु’ सोमबार प्रतिनिधि सभाको बैठकलाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले उक्त कार्यक्रम भव्य रहेको भनेर पनि उनले धन्यवाद दिए । समाजवादी मोर्चाले काठमाडौंको प्रदर्शनमार्गीमा भव्य सभा गरेको जनाए ।
संविधान र व्यवस्थाप्रति आफ्नो प्रतिवद्धता जनायो ।शान्ति सुव्यवस्था कायम राख्दै विरोध र आलोचना गर्न पाइने संवैधानिक अधिकार रहेको उनले बताए ।
चैत १५ गते राजधानीमा नेकपा माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादी, महिन्द्र राय यादव नेतृत्वको नेपाल समाजवादी पार्टी, नेत्र विक्रम चन्द नेतृत्वको नेपाल कम्युनिस्ट पार्टी सम्मिलित समाजवादी मोर्चाले प्रदर्शन गरेको थियो ।