१८ चैत काठमाडौँ । नेकपा एकीकृत समाजवादीका सल्लाहकार परिषद सदस्य कमल कोइरालाको ८७ वर्षको उमेरमा आइतबार बेलुकी निधन भएको छ।
केही समयदेखि बिरामी रहेका उनको सिनामंगलस्थित काठमाडौं मेडिकल कलेजमा उपचार गरिएको थियो।उनी पूर्वसांसद र पूर्वराजदूत तथा कम्युनिष्ट नेता थिए।पूर्वप्रधानमन्त्री मातृकाप्रसाद कोइरालाका छोरा कमल दक्षिण कोरियाका लागि राजदूत पनि भएका थिए।
कोइरालाको शव श्रद्धाञ्जलीका लागि नेकपा ९एकीकृत समाजवादी० को कार्यालय आलोकनगरमा राखिएको छ।प्रधानमन्त्री केपी शर्मा ओलीले कोइरालालाई श्रद्धाञ्जली अर्पण गरेका छन्।