Logo

बिहिवार, कार्तिक १३ गते २०८३

गत चैत १५ गते भएको आन्दोलनका दोषीलाई कानुनी कारबाही गर्न अनुरोध : सांसद थापा

गत चैत १५ गते भएको आन्दोलनका दोषीलाई कानुनी कारबाही गर्न अनुरोध : सांसद थापा

जोईन खबर

१८, चैत्र २०८१
  • 898
    SHARES
  • गत चैत १५ गते भएको आन्दोलनका दोषीलाई कानुनी कारबाही गर्न अनुरोध : सांसद थापा

    १८ चैत काठमाडौँ । प्रतिनिधिसभाको आजको बैठकमा सांसदहरुले आन्दोलनका दोषीलाई कारबाहीको माग गर्नुभएको छ ।गत चैत १५ गते राजावादीको आन्दोलनका कारण भएको धनजनको क्षतिबारे विरोध गर्दै निष्पक्ष छानबिन र दोषीलाई कडा कारबाही हुनुपर्ने एकीकृत समाजवादी का नेता तथा सांसद अम्मरबहादुर थापाले माग गर्नु भएको छ ।

    images

    उहाँले अग्रगमनका लागि लाकतान्त्रिक गणतन्त्रलाई रक्षा गर्ने र जनताप्रति राज्य उत्तरदायी हुनुपर्नेमा जोड दिनुभयो ।जनता समाजवादी पार्टीका नेत्री सांसद रञ्जुकुमारी झाले पनि गत चैत १५ गतेको आन्दोलन अराजक र अमानवीय क्षति भएको भन्दै आपत्ति जनाउँदै सरकारले न्यायिक छानबिन गर्नुपर्ने माग गर्नुभएको छ ।

    images
    images
    images

    यदी कसैले राजा ल्याउन चाहेमा निर्वाचन प्रणालीबाट दुई तिहाईको बहुमत ल्याउन सकोस्”, उहाँले भन्नुभयो, “संविधान अनुसारको चरित्र देखाउँ ।

    संविधान कार्यान्वयन गर्न सरकार जिम्मेवार भएर अगाडि बढ्नुपर्छ ।”जनता समाजवादी पार्टी नेपालका उपाध्यक्ष तथा सांसद राजकिशोर यादवले पनि गत चैत १५ गतेको आन्दोलनको अराजक रहेको भन्दै यस्तो प्रकारको उदासिनता नराकिएको भन्दै आपत्ति जनाउनुभयो । “यत्ति ठूलो क्षति र आगजनी हुँदा गृह प्रसाशन कहाँ थियो  पूर्वतयारी किन भएन ” उहाँले भन्नुभयो ।

    प्रकाशित मिति :चैत्र १८, २०८१ सोमवार - १५:५९:३३ बजे

    जोईन खबर

    images
    images
    images
    images
    ताजा अपडेट
    धेरै पढिएको