१९ चैत काठमाडौँ । हाल देशमा पश्चिमी वायु तथा स्थानीय वायुको आंशिक प्रभाव रहेको मौसमविदले जनाएका छन्।
आज कोशी प्रदेश, गण्डकी प्रदेश र कर्णाली प्रदेशको पहाडी भु–भागमामा आंशिक बदली रही बाँकी भु–भागमामा मौसम मूख्यतया सफा रहेने जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।
गण्डकी प्रदेशका उच्च पहाडी तथा हिमाली भु–भागमाका एक–दुई स्थानमा हल्का हिमपात र वर्षा भईरहेको छ ।
आज (मंगलबार) दिउँसो कोशी प्रदेश, गण्डकी प्रदेश र कर्णाली प्रदेशको पहाडी भू–भागमामा आंशिक बदली रही बाँकी भू–भागमामा मौसम मुख्यतया सफा रहनेछ । कोशी प्रदेश र गण्डकी प्रदेशका उच्च पहाडी तथा हिमाली भू–भागमाका एक–दुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको छ।