१९ चैत काठमाडौँ । राष्ट्रिय प्रजातन्त्र पार्टीका सांसद दीपक बोहराको निधन भएको छ।
राप्रपाका वरिष्ठ नेता एवं पूर्वमन्त्री समेत रहेका बोहराको आज उपचारको क्रममा काठमाडौंको ओम अस्पतालमा बिहान ९ बजेतिर निधन भएको पारिवारिक स्रोतले जनाएको छ।
उनी पोस्ट कोभिडको समस्याबाट लामो समयदेखि अस्वस्थ थिए।
बोहरा रुपन्देही क्षेत्र नम्बर ३ बाट निर्वाचित सांसद हुन्। अहिले राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देन लगायतका शीर्ष नेता तथा कार्यकर्ता अस्पतालमा पुगेका छन् ।