१९ चैत काठमाडौँ । पूर्वगृहमन्त्री तथा राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले सभामुख देवराज घिमिरेसँग भेटेका छन् । सभापति लामिछानेले सांसद पद निलम्बन फिर्ता बारे आग्रह गरेका छन्। आज बिहान सिंहदरबार पुगेका लामिछानेले आफ्नो सांसद पद फुकुवा गरिदिन सभामुख घिमिरेसँग आग्रह गरेका हुन्।
भेटपछि लामिछानेले आफूले राखेको विषयमा सभामुख घिमिरे सकारात्मक देखिएको बताए। आफ्नो सांसद पद निलम्बनबारे अन्य राजनीतिक दलहरूसँग छलफल गरिदिन सभामुखसँग आग्रह गरेको उनले बताए।
गत कार्त्तिक २ गते सभापति लामिछाने सहकारी ठगी,संगठित अपराध र सम्पत्ति शुद्धीकरण अभियोगमा पक्राउ परेका थिए।
उक्त कसूरमा मुद्दा दर्ता भएपछि गत पुस ८ गते उनको सांसद पद निलम्बन भएको थियो। सभापति लामिछानेलाई अदालतले धरौटीमा छोडन आदेश दिए संगै संसाद पद फिर्ता गर्न आग्रह गरेका हुन् ।