Logo

बिहिवार, कार्तिक १३ गते २०८३

सांसद बोहोराको निधनमा शोक प्रस्ताव पारित गर्दै, प्रतिनिधिसभाको आजको बैठक अन्त्य

सांसद बोहोराको निधनमा शोक प्रस्ताव पारित गर्दै, प्रतिनिधिसभाको आजको बैठक अन्त्य

जोईन खबर

१९, चैत्र २०८१
  • 442
    SHARES
  • सांसद बोहोराको निधनमा शोक प्रस्ताव पारित गर्दै, प्रतिनिधिसभाको आजको बैठक अन्त्य

    १९ चैत काठमाडौँ । सांसद दीपक बोहोराको निधनमा शोक प्रस्ताव पारित गरेर   प्रतिनिधिसभाको आजको बैठक अन्त्य भएको छ । आजको बैठकमा सभामुख देवराज घिमिरेले शोक प्रस्ताव राख्नुभएको थियो ।

    images

    राष्ट्रिय प्रजातन्त्र पार्टीबाट रुपन्देही निर्वाचन क्षेत्र नं ३ बाट निर्वाचित सांसद बोहोराको ७६ वर्षको उमेरमा आज बिहान निधन भएको हो ।सभामुखले विविध कारणले लगातार १० वा सोभन्दा बढी बैठकमा अनुपस्थित हुने सांसदको अनुपस्थितिको सूचना सुनाउनुभयो ।

    images
    images
    images

    मन्त्रिपरिषद् बैठकले सङ्घीय संसद्को चालु अधिवेशन आज राति १२ः०० बजेदेखि अन्त्य गर्न राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष सिरफारिस गरेको थियो । सभामुख घिमिरेले प्रतिनिधिसभाको चालु पाँचौँ अधिवेशन आजै राति १२ः०० बजेदेखि अन्त्य जानकारी गराउँदै बैठक अन्त्य भएको घोषणा गर्नुभयो । 

    प्रकाशित मिति :चैत्र १९, २०८१ मंगलवार - १३:२६:१३ बजे

    जोईन खबर

    images
    images
    images
    images
    ताजा अपडेट
    धेरै पढिएको