२० चैत काठमाडौँ । भुकम्प पीडितलाई राहत सामाग्री बोकेर नेपाली सेनाको टोली म्यानमारतर्फ प्रस्थान गरेको छ। म्यानमारमा गएको भूकम्पपछि नेपाल सरकारले त्यहाँ मेडिकल सहायतासहित नेपाली सेनाको २२ सदस्यीय टोली पठाएको हो ।
टोलीमा भूकम्प प्रभावितका लागि औषधि, उपकरणहरुसहित सर्जन, अर्थोपेडिक, मेडिसिन चिकित्सक, नर्स तथा प्यारामेडिकहरु रहेको जनाइएको छ।मन्त्रिपरिषद्को सोमवार राति बसेको बैठकले राहत सामग्री तथा औषधी र मेडिकल उपकरणसहित नेपाल वायुसेवा निगमको जहाज पठाउने निर्णय गरेको थियो ।
गत चैत १५ गते म्यानमारमा ७ दशमलव ७ रेक्टर स्केलको भूकम्पले ठूलो जनधनको क्षति पुर्याएको छ । भूकम्पमा परी अहिलेसम्म झण्डै २ हजार भन्दा बढि मानिसहरुले ज्यान गुमाएका छन् भने हजारौँ घाइते अवस्थामा छन् । उनीहरुको उद्वारको लागि नेपाल सरकारले नेपाली सेनाका मेडिकल टोलीलाई म्यानमार पठाएको हो ।