Logo

बिहिवार, कार्तिक १३ गते २०८३

बहाकोटमा चौँथौ  मनासलु कप २०८२ सेभेन एसाइड फुटबल प्रतियोगिता वैशाख १ देखि सुरु

बहाकोटमा चौँथौ  मनासलु कप २०८२ सेभेन एसाइड फुटबल प्रतियोगिता वैशाख १ देखि सुरु

जोईन खबर

२०, चैत्र २०८१
  • 3.1K
    SHARES
  • बहाकोटमा चौँथौ  मनासलु कप २०८२ सेभेन एसाइड फुटबल प्रतियोगिता वैशाख १ देखि सुरु

    २० चैत काठमाडौँ । गोरखा बारपाक सुलिकोट गाउपालिका  वडा न ६ बाहाकोटमा चौँथौ मनासलु कप हुने भएको छ। स्वास्थ्य,मित्रता र राष्ट्रका लागि खेलकुद भने मूल नाराको साथमा मनासलु युवा  क्लब र बारपाक सुलिकोट गाउँपालिकाको सहआयोजक हुने खुल्ला सेभेन एसाइड पुरूष फुटबल प्रतियोगिता आउदो नयाँ  बर्ष बैशाख १ गते देखि बाहाकोट डाडाको गाउपालिकाको शहिद आशाकाजी स्मृति रंगशाला  खेलकुद मैदान परिषरमा  हुने भएको हो ।

    images

    यस मनासलु क्लबले हरेक वर्ष गरे जस्तै यो बर्ष पनि प्रतियोगिता गर्न लागेको छ । क्लबले यो प्रतियोगिता चार बर्षदेखि हरेक बर्ष नयाँ बर्षका दिने गर्दै आएको छ ।  मनासलु युवा  क्लबले  पहिला पनि बाहाकोटमा फुटबल प्रतियोगिता गरेको थियो। अहिले चौँथौ बर्ष पार गरि सकेको नयाँ  बर्षका दिन बैशाख १ गते देखि ५ गते सम्म चल्ने छ, भने खेलसँगै  ख्याति प्राप्त राष्ट्रिय  कलाकारहरूको साथमा रमाईलो गित नाचको कला पनि देखाउने क्लबका अध्यक्ष पवन गुरुङले जानकारी दिए ।

    images
    images
    images

    मनासलु युवा क्लब अध्यक्ष पवन गुरूङ र खेल संयोजक  बाल कृष्ण गुरूङ रहेएका छन। खेल खेल्दा क्लब नियम अनुसार हुने छ । यो खेलको पूरा टिम भित्र  १२ जना हुन् तर यस भित्र  अहिले हुने खेलभनेको सेभेन एसाइड हो ७+३ र एक जना कोच सहित गरि एक टिममा १० जना हुनु पर्ने छ ।

    टिम दर्ता  शुल्क ८ हजार र रेड यालो कार्डको २ हजार गरि जम्मा १० हजार हुने छ । प्रतियोगिताको प्रथम पुरस्कार  रू १ लाख १५ हजार रूपैयाँ सहित  कप मेडल प्रमाणपत्र  र दोस्रो  पुरस्कार  रू ६० हजार रूपैयाँ र कप मेडल प्रमाणपत्र प्रप्ता गर्ने छन् ।

    यसै गरि उत्कृष्ट खेलाडी रू ३००० ,उत्कृष्ट किपरलाई रू २५००,उत्कृष्ट डिफिन्डरलाई रु २५,०० रुपैयाँका साथमा कप, मेडल,प्रमाणपत्र र खेल भरिको समयमा सहभागि टिमले अनुशासित खेल खेल्नेले सम्मान स्वरुप नगद रु १० हजार  समेत वितरण गर्ने  मनासलु युवा  क्लब  अध्यक्ष र खेल संयोजक  गुरूङले जानाकारि दिए । उक्त खेलमा सहभागि हुने टिमले चैत ३१ गते नै दर्ता गर्नु पर्ने हुन्छ ।

    प्रकाशित मिति :चैत्र २०, २०८१ बुधवार - १५:२३:४३ बजे

    जोईन खबर

    images
    images
    images
    images
    ताजा अपडेट
    धेरै पढिएको