Logo

बिहिवार, कार्तिक १३ गते २०८३

महानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत  गुरागाईं कार्यालयमा हाजिर गराउन रोक्न मेयर शाहले महानगर प्रहरी परिचालन गर्दै

महानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत  गुरागाईं कार्यालयमा हाजिर गराउन रोक्न मेयर शाहले महानगर प्रहरी परिचालन गर्दै

जोईन खबर

२१, चैत्र २०८१
  • 643
    SHARES
  • महानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत  गुरागाईं कार्यालयमा हाजिर गराउन रोक्न मेयर शाहले महानगर प्रहरी परिचालन गर्दै

    २१ चैत काठमाडौँ काठमाडौ महानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत सरोज गुरागाईं कार्यालयमा हाजिर गराउन रोक्न मेयर बालेन शाहले महानगर प्रहरी परिचालन गरेका छन् ।

    images

    आज कमलादीस्थित काठमाडौं महानगरको कार्यालयमा एकातिर कर्मचारीहरु सबै वडाबाट जम्मा भएर प्रमुख प्रशासकयि अधिकृतको स्वागतका लागि बसेका छन् भने अर्कोतर्फ उनलाई रोक्न मेयरकले नगर प्रहरी तयार पारेका छन् । ५ महिनादेखि तलब नपाएको र महानगरको काम ठप्प भएको भन्दै कर्मचारीले नै प्रशासकीय अधिकृतलाई हाजिर गराउन खोजेका हुन् ।

    images
    images
    images

    काठमाडौं टावरको नक्सा पासमा अनियमितता गरेको भन्दै मेयर बालेन साहले उनलाई अघोषित निलम्बनमा राखेका थिए । उनलाई कार्यालयमा प्रवेश निषेध गरिएको थियो ।मेयर साहले गुरागाईंलाई हटाएर नयाँ प्रमुख प्रशासकीय अधिकृत ल्याउन चाहेका थिए । तर, उनीमाथिको कुनै पनि आरोप पुष्टि नभएकाले सरकार गुरागाईलाई हटाउन तयार भएन ।

     

    प्रकाशित मिति :चैत्र २१, २०८१ बिहिवार - ११:३७:४१ बजे

    जोईन खबर

    images
    images
    images
    images
    ताजा अपडेट
    धेरै पढिएको