Logo

बिहिवार, कार्तिक १३ गते २०८३

मेयर बालेनले छेक्दाछेक्दै पनि प्रमुख प्रशासकीय अधिकृत गुरागाईले कार्यालय पुगेर हाजीर गरे

मेयर बालेनले छेक्दाछेक्दै पनि प्रमुख प्रशासकीय अधिकृत गुरागाईले कार्यालय पुगेर हाजीर गरे

जोईन खबर

२२, चैत्र २०८१
  • 682
    SHARES
  • मेयर बालेनले छेक्दाछेक्दै पनि प्रमुख प्रशासकीय अधिकृत गुरागाईले कार्यालय पुगेर हाजीर गरे

    २२ चैत काठमाडौँ । काठमाडौँ महानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत सरोज गुरागाईले  तीन महिना पछि हिजो कार्यालय पुगेर हाजिर गरेका छन् । काठमाडौँ महानगरपालिकाका मेयर बालेन साहले उनलाई अवरोध गर्न नगरप्रहरी परिचालन गरे पनि नगरप्रहरीको अवरोध छिचोल्दै गुरागाई कार्यालय प्रवेश गरि आफनो कार्यकक्षामा पुगी हाजिर  गरेका थिए ।

    images

    प्रमुख प्रशासकीय अधिकृत गुरागाईले केही महिना अघि पुरानो बसपार्कमा बँदै गरेको काठमाडौं टावरको नक्सा नियमविपरीत पास गर्ने प्रक्रिया अगाडि बढाएपछि गुरागाईलाई महानगरले जिम्मेवारीबाट हटाउँदै निलम्बन गरेको थियो। संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले गुरागाईलाई काठमाडौँ महानगरपालिकामै हाजिर गर्ने वातावरण बनाइदिनु भन्दै एक महिनाअघि पत्र पठाएको थियो।पत्र पठाएको एक महिनापछि गुरागाईं महानगरपालिका गएका हुन् ।

    images
    images
    images

    कार्यालय प्रवेश गरे पनि गुरागाईलाई कार्यकक्ष प्रवेशमा रोक लगाइएको थियो। कार्यकक्षमा प्रवेश गर्न रोक लगाएपछि बोर्डको अनौपचारिक बैठकले उनलाई कार्यकक्ष प्रवेशमा सहयोग गर्न नगरप्रहरीलाई निर्देशन दिएको थियो।उपमेयर सुनिता डंगोलले हरेक घटनाक्रममा आफूहरू जानकार रहेको भन्दै मेयर साहलाई कोठामा बसेर निर्देशन नदिनसमेत चेतावनी दिइन् ।

    उहाँ हाजिर गर्न आउँछ यो झडपको अवस्था हुनु राम्रो कुरा होइन समेत उपमेयर डंगोलले भनिन्। कर्मचारीत कर्मचारीबीच लडाइँ हुनु पनि राम्रो होइन।उनले प्रमुख प्रशासकीय अधिकृत दोषी प्रमाणित भएको अवस्थामा कारबाही गर्न तयार रहेको  भन्दै अहिले उनलाई दोषी प्रमाणित गर्न नसकेको उल्लेख गरिन्छ । 

    प्रकाशित मिति :चैत्र २२, २०८१ शुक्रवार - ११:५८:३५ बजे

    जोईन खबर

    images
    images
    images
    images
    ताजा अपडेट
    धेरै पढिएको