२५ चैत काठमाडौँ । काठमाडौं केन्द्रित शिक्षकहरुको आन्दोलन निरन्तरता भई रहेको छ ।देशभरका शिक्षक, कर्मचारीहरुले आज सोमबार कालो मास्क लगाएर मौन जुलुस निकाल्ने निर्णय गरेको हो ।
हिजो आइतबार सिट्ठी जुलुस निकालिएको थियो। आज कालो मास्क लगाएर काठमाडौंको माइतघर मण्डलामा भेला भइ मौन जुलुस निकालिने भएको हो।विद्यालय शिक्षा ऐन जारी गर्नुपर्ने लगायतका माग अघि सार्दै नेपाल शिक्षक महासंघको अगुवाइमा आन्दोलन भइरहेको हो।
यसबीचमा सरकारले पटकपटक वार्तामा बस्न बोलाए पनि आन्दोलनकारीले अस्वीकार गर्दै आएका छन्।कालो मास्कसहित ११ः०० बजे माइतीघर मण्डलामा उपस्थित हुनुहुन सबै शिक्षक–कर्मचारी साथीहरुलाई अनुरोध गरिएको छ ।