Logo

बिहिवार, कार्तिक १३ गते २०८३

अर्को आदेश नआउँदासम्म रास्वपाका सभापति लामिछाने भैरहवा कारागारमै रहने 

अर्को आदेश नआउँदासम्म रास्वपाका सभापति लामिछाने भैरहवा कारागारमै रहने 

जोईन खबर

२५, चैत्र २०८१
  • 556
    SHARES
  • अर्को आदेश नआउँदासम्म रास्वपाका सभापति लामिछाने भैरहवा कारागारमै रहने 

    २५ चैत काठमाडौँ । पूर्वगृह मन्त्री तथा राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने पुर्पक्षका लागि कारागार चलान भएका छन् ।जिल्ला प्रहरी कार्यालय रुपन्देहीले अदालती प्रक्रिया पुर्‍याएर लामिछानेलाई सोमबार भैरहवा कारागार पठाएको हो।जिल्ला प्रहरी कार्यालय रुपन्देहीका एस पी रन्जितसिंह राठौरले सबै अदालती प्रक्रिया पुर्‍याएर कारागार पठाइएको बताए ।

    images

    उनले अर्को आदेश नआउँदासम्म लामिछाने भैरहवा कारागारमै रहने जानकारी दिए ।उच्च अदालत तुलसीपुरको बुटवल इजलासले थुनामा राख्ने आदेश दिएपछि लामिछानेलाई शुक्रवार काठमाडौंबाट पक्राउ गरी शनिवार विमानमार्फत भैरहवा ल्याइएको थियो ।

    images
    images
    images

    भैरहवा कारागारमा सोही सहकारी प्रकरणमा मुछिएका पूर्व डीआईजी छविलाल जोशी पनि रहेका छन् ।शुक्रबार उच्च अदालत बुटवलले यसअघि जिल्ला अदालतले १ करोड धरौटीमा छाड्न दिएको आदेश उल्टाउँदै पुपर्क्षका लागि थुनामा राख्न आदेश दिए थियो ।

    प्रकाशित मिति :चैत्र २५, २०८१ सोमवार - १२:४३:०२ बजे

    जोईन खबर

    images
    images
    images
    images
    ताजा अपडेट
    धेरै पढिएको