Logo

बिहिवार, कार्तिक १३ गते २०८३

वरिष्ठ पत्रकार रिसालको निधनमा प्रधानमन्त्री ओलीको दुः ख व्यक्त

वरिष्ठ पत्रकार रिसालको निधनमा प्रधानमन्त्री ओलीको दुः ख व्यक्त

जोईन खबर

२५, चैत्र २०८१
  • 931
    SHARES
  • वरिष्ठ पत्रकार रिसालको निधनमा प्रधानमन्त्री ओलीको  दुः ख व्यक्त

    २५ चैत काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले वरिष्ठ पत्रकार भैरव रिसालको निधन भएकामा दुःख व्यक्त गर्नुभएको छ । प्रधानमन्त्री ओलीले वरिष्ठ पत्रकार रिसालको ९६औँ जन्मदिनका अवसरमा गत वर्ष उहाँकै निवासमा भेटेको तस्बिर सामाजिक सञ्जालमा पोस्ट गरि दुःखद निधनको खबरले आफूलाई मर्माहत बनाएको उल्लेख गर्दै वरिष्ठ पत्रकार स्वर्गीय रिसालप्रति हार्दिक श्रद्धाञ्जली व्यक्त गर्नुभएको छ ।

    images

    हितैषी मित्र भैरव रिसालसँग गत फागुन २१ गते भेट भएको थियो, त्यही भेट अन्तिम हुन पुग्यो, उहाँको हिजो निधन भएको खबर सुनेर मर्माहत छु, वरिष्ठ पत्रकार भैरव रिसालप्रति भावपूर्ण श्रद्धाञ्जली अर्पण गर्दै शोकाकुल परिवारजनमा गहिरो समवेदना व्यक्त गर्दछु, ” प्रधानमन्त्री ओलीले लेख्नुभएको छ ।

    images
    images
    images

    राष्ट्रिय समाचार समिति (रासस)का पूर्वप्रमुख समाचारदाताको जिम्मेवारीसहित मानवअधिकार र वातावरण संरक्षणका क्षेत्र समेत काम गर्नू भएको थियो ।  उहाँ लामो समयदेखि मुटु र फोक्सोसम्बन्धी समस्याबाट पीडित हुनुहुन्थ्यो । 

    प्रकाशित मिति :चैत्र २५, २०८१ सोमवार - १२:५९:५७ बजे

    जोईन खबर

    images
    images
    images
    images
    ताजा अपडेट
    धेरै पढिएको