२५ चैत काठमाडौँ । राष्ट्रिय प्रजातन्त्र पार्टीले भोलि बल्खुमा विरोध प्रदर्शन गर्ने भएको छ ।भृकुटीमण्डपमा जिल्ला प्रशासन कार्यालय काठमाडौँले प्रदर्शन गर्न नदिएपछि राप्रपाले बल्खु रोजेको हो ।
सरकारले सर्वसत्तावादी चरित्र देखाएर भृकुटीमण्डपमा विरोध प्रदर्शन गर्न नदिएको उल्लेख गर्दै अब बल्खुमा कार्यक्रम गरिने तय भएको जानकारी दिएका छन् ।राप्रपाले शान्तिपूर्ण प्रदर्शन गर्न लागेको उल्लेख गरेको छ । शान्तिपूर्ण प्रदर्शन जहाँ गर्दा पनि फरक नपर्ने बताए।
हिजो जिल्ला प्रशासन कार्यालय काठमाडौँले सुरक्षा संवेदनशीलता देखाएर राप्रपालाई बल्खु वा सिफलमा प्रदर्शन गर्न अनुरोध गरेको थियो ।