Logo

बिहिवार, कार्तिक १३ गते २०८३

योगामा नेपाल २ स्वर्णसहित ६ पदक

योगामा नेपाल २ स्वर्णसहित ६ पदक

जोईन खबर

२५, चैत्र २०८१
  • 802
    SHARES
  • योगामा नेपाल २ स्वर्णसहित ६ पदक

    २५ चैत काठमाडौँ । नेपालले १६ औं विश्व योगासना च्याम्पियनसिपमा २ स्वर्णसहित ६ पदक जितेको छ । नेपालले थप १ रजत र ३ कांस्य पदक पनि जित्यो ।

    images

    मलेसियाको क्वाललम्पुरमा चैत २३ र २४ गतेसम्म भएको प्रतियोगितामा ९ देखि ११ बर्ष उमेरसमूहमा प्रयासजंग चौहान र १२ देखि १४ वर्ष उमेरसमूहमा प्रत्युषा खतिवडाले स्वर्ण पदक जिते ।

    images
    images
    images

    ९ देखि ११ वर्ष उमेरसमूहमा अमिष पटेलले रजत पदक प्राप्त गरे । सोही उमेरसमूहमा किरन मगर र संस्कृती चौलागाईं तथा १५ देखि १७ बर्ष उमेरसमूहमा सुन्दर सार्कीले कास्य पदक प्राप्त गरेका छन् ।

    २३ राष्ट्रका १ सय ५३ खेलाडी सहभागी प्रतियोगितामा नेपालबाट ३१ जना खेलाडी सहभागी भएका थिए ।

    प्रकाशित मिति :चैत्र २५, २०८१ सोमवार - २२:२५:५६ बजे

    जोईन खबर

    images
    images
    images
    images
    ताजा अपडेट
    धेरै पढिएको