Logo

बिहिवार, कार्तिक १३ गते २०८३

राजन र शेखर फाइनलमा

राजन र शेखर फाइनलमा

जोईन खबर

२५, चैत्र २०८१
  • 844
    SHARES
  • राजन र शेखर फाइनलमा


    २५ चैत काठमाडौँ । राजन सुब्बा र शेखर श्रेष्ठ दोश्रो राष्ट्रिय खुला जुनियर तथा भेट्रान टेबल टेनिस प्रतियोगिताको भेट्रान ६० वर्षमाथि पुरुष सिंगल्समा सोमबार फाइनलमा प्रवेश गरेका छन् ।

    images

    मदन भण्डारी स्पोर्ट्स एकेडेमीको आयोजनामा भइरहेको प्रतियोगिताको सेमिफाइनलमा राजनले आनन्दरत्न धाक्वालाई ३–० तथा शेखरले अशोक शर्मालाई ३–० को सोझो सेटमा पराजित गरे ।राष्ट्रिय टेबलटेनिस प्रशिक्षण केन्द्रमा जारी प्रतियोगिताको जुनियरमा ४ तथा भेट्रानमा ३ गरी ७ स्पर्धामा प्रतिस्पर्धा भइरहेको छ ।

    images
    images
    images

    चैत २८ गतेसम्म चल्ने प्रतियोगितामा २ सय ५० खेलाडीको सहभागिता रहेको प्रतियोगिता संयोजक धर्ममान वज्राचार्यले जनाएका छन् । हरेक स्पर्धामा शीर्ष तीन स्थान हात पार्ने खेलाडीले क्रमशः १० हजार, ५ हजार र २ हजार ५ सय नगद पुरस्कार प्राप्त गर्ने छन् ।

    प्रकाशित मिति :चैत्र २५, २०८१ सोमवार - २२:३६:१६ बजे

    जोईन खबर

    images
    images
    images
    images
    ताजा अपडेट
    धेरै पढिएको