२६ चैत काठमाडौँ । आज मंगलबार नेपाली बजारमा सुनको मूल्यमा घटेर कारोवार भएको छ । नेपाल सुनचाँदी व्यवसायी संघका अनुसार यस दिन छापावाल सुन प्रतितोला एक लाख ७३ हजार ४०० रुपैयाँमा कारोबार भईरहेको छ । हिजो भन्दा आज सुन प्रतितोला ४०० रुपैयाँ घटेको हो ।
हिजो बजारमा सुन प्रतितोला एक लाख ७३ हजार ८०० रुपैयाँ खरिदबिक्री भएको थियो । आज चाँदीको मूल्य स्थिर अवस्थामा कारोवार भएको छ ।
चाँदी प्रतितोला एक हजार ८३० रुपैयाँमा किनबेच भइरहेको छ । चाँदी हिजोको दर भाउमा खरिद बिक्री भई रहेको छ ।