२६ चैत काठमाडौँ । पूर्वप्रधानमन्त्री तथा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले वामपन्थी शक्तिलाई वैचारिक र सांस्कृतिक ढङ्गले एकताबद्ध गर्न र नयाँ नेतृत्वदायी भूमिका निर्वाह गर्नसक्ने बताउनुभएको छ ।
प्रगतिशील लेखक सङ्घको १३ औँ राष्ट्रिय सम्मेलनबाट निर्वाचित कार्यसमितिप्रति आज बधाई ज्ञापन गर्दै उहाँले वामपन्थी शक्ति एकजुट हुनुपर्नेमा जोड दिनुभयो ।
अध्यक्ष दाहालले त्यतिबेलाको पार्टी एकता जोगाउन नसके पनि एकताको झण्डा छोड्न हुँदैन भन्नेमा माओवादी प्रष्ट रहेको बताउनुभयो ।
हिजो विभाजन भएकाले अब एकता असम्भव भनेर सोच्नु माक्र्सवादी चिन्तन हुँदैन”, उहाँले भन्नुभयो ।कम्युनिष्ट आन्दोलनमा स्थापनाकालदेखि विचारमा बहस, विवाद र सङ्घर्ष हुँदै आएको उल्लेख गर्दै सङ्घर्षका बीचमा नै कम्युनिष्ट आन्दोलनको विकास हुने बताउनुभयो ।