Logo

बिहिवार, कार्तिक १३ गते २०८३

पहिलो खेलमा नेपालले कतारलाई ८ विकेटले पराजित 

पहिलो खेलमा नेपालले कतारलाई ८ विकेटले पराजित 

जोईन खबर

२७, चैत्र २०८१
  • 754
    SHARES
  • पहिलो खेलमा नेपालले कतारलाई ८ विकेटले पराजित 

    २७ चैत काठमाडौँ । हङकङमा सुरु भएको चारदेशीय टी २० आई सिरिजमा नेपालले विजयी सुरुवात गरेको छ ।आफ्नो पहिलो खेलमा नेपालले कतारलाई ८ विकेटले पराजित गरेको हो ।

    images

    टस जितेर पहिले कतारलाई ब्याटिङको निम्तो दिएको नेपालले जितका लागि १५२ रनको लक्ष्य पाएको थियो । नेपालले १८ बल बाँकी रहँदै १५४ रन बनायो ।

    images
    images
    images

    नेपालका लागि कुशल भुर्तेलले १९ बलमा ३८, आसिफ शेखले २१ बलमा ३३, कप्तान रोहित पौडेलले २९ बलमा ३७ र बसिर अहमदले ३३ बलमा ३० रन बनाए ।

    बलिङमा नेपालका लागि करण केसी, सोमपाल कामी, गुल्सन झा, नन्दन यादव र ललित राजवंशीले १(१ विकेट लिए।

    प्रकाशित मिति :चैत्र २७, २०८१ बुधवार - १३:४०:४२ बजे

    जोईन खबर

    images
    images
    images
    images
    ताजा अपडेट
    धेरै पढिएको