Logo

बिहिवार, कार्तिक १३ गते २०८३

झापाको गौरादहमा चट्याङ लागेर एक जनाको मृत्यु

झापाको गौरादहमा चट्याङ लागेर एक जनाको मृत्यु

जोईन खबर

२७, चैत्र २०८१
  • 868
    SHARES
  • झापाको गौरादहमा चट्याङ लागेर एक जनाको मृत्यु

    २७ चैत काठमाडौँ । झापाको गौरादह नगरपालिका–५ बालुबथानमा चट्याङ लागेर आज एक जनाको मृत्यु भएको छ ।

    images

    घरमै खाजा खाने क्रममा चट्याङ लागेर ५४ वर्षीय दूधकुमार लावतीको घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक खगेन्द्रबहादुर खड्काले जानकारी दिए ।

    images
    images
    images

    मृतक लावती पाँचथरको मिक्लाजुङ गाउँपालिका–३ आरुभोटे स्थायी घर भई हाल झापाको गौरादहमा गोमनाथ चेम्जुङको खेती अधिया गर्दै आएका थिए ।

    आवश्यक कानुनी प्रक्रिया पूरा गरी शव परीक्षणका लागि दमक अस्पताल पठाइएको प्रहरीले जनाएको छ ।

    प्रकाशित मिति :चैत्र २७, २०८१ बुधवार - १७:०९:०९ बजे

    जोईन खबर

    images
    images
    images
    images
    ताजा अपडेट
    धेरै पढिएको