२८ चैत काठमाडौँ । हाल काठमाडौं उपत्यकामा सामान्य वर्षा भइरहेको छ। आज मध्याह्नका साथै अपराह्न र राति पनि सामान्य रुपमा पानी परि रहेको हो ।
वर्षासँगै काठमाडौं उपत्यकाका साथै देशका अधिकांश भागमा लागेको तुवाँलो पनि क्रमिक रुपमा हट्दै गएको छ । जल तथा मौसम पूर्वानुमान महाशाखाका अनुसार आज कोशी र मधेश प्रदेश, बागमती, गण्डकी, लुम्बिनी प्रदेशका पहाडी भू-भागका केही स्थानमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षा हुनसक्ने छ।
देशका उच्च पहाडी तथा हिमाली भागका केही स्थानहरूमा हल्का वर्षा एवं हिमपात पनि हुनसक्ने छ।पहाडी क्षेत्रमा आंशिकदेखि साधारणतया बदली एकरदुई स्थानमा मेघगर्जनसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना छ।