Logo

बिहिवार, कार्तिक १३ गते २०८३

 जावलाखेलको सदर चिडियाखाना नयाँ वर्ष सालदेखि बेलुकी ८ बजेसम्म सञ्चालन हुने 

 जावलाखेलको सदर चिडियाखाना नयाँ वर्ष सालदेखि बेलुकी ८ बजेसम्म सञ्चालन हुने 

जोईन खबर

२८, चैत्र २०८१
  • 724
    SHARES
  •  जावलाखेलको सदर चिडियाखाना नयाँ वर्ष सालदेखि बेलुकी ८ बजेसम्म सञ्चालन हुने 

    २८ चैत काठमाडौँ । जावलाखेलको सदर चिडियाखाना नयाँ वर्ष २०८२ सालदेखि बेलुकी ८ बजेसम्म सञ्चालन हुने भएको छ ।चिडियाखानाद्वारा आज यहाँ आयोजित कार्यक्रममा वन तथा वातावरणमन्त्री ऐनबहादुर शाही ठकुरीले सम्बोधन गर्दै  जनताको मागअनुसार आगामी वैशाख १ गतेदेखि चिडियाखाना बेलुका ८ बजेसम्म सञ्चालन गर्ने निर्णय भएको जानकारी दिनुभयो ।

    images

    त्यसका लागि राष्ट्रिय प्रकृति संरक्षण कोषको बोर्डबाट निर्णय गरी आवश्यक तयारी र प्रक्रिया अघि बढिसकेको  समेत जानकारी दिनु भयो । चिडियाखाना हाल विहान १० बजेदेखि बेलुका ५ बजेसम्म सञ्चालन हुने गरेको छ ।चिडियाखानाभित्र रहेको फल्चा र शिशु स्तनपान कक्षको उद्घाटन गर्दै मन्त्री शाहीले चिडियाखाना परिसरलाई प्रकृति र वन्यजन्तुका साथै संस्कृति र परम्परासँग जोड्नु सकारात्मक पक्ष भएको उल्लेख गर्नुभयो ।

    images
    images
    images

    उहाँले यो चिडियाखाना साँघुरो भएकाले विस्तारका लागि सूर्यविनायकमा खुला चिडियाखानाको प्रावधानअनुसार आवश्यक काम भइरहेको बताउनुभयो ।कार्यक्रममा ललितपुर महानगरपालिकाका प्रमुख चिरिबाबु महर्जनले सदर चिडियाखाना ललितपुरको गहना भएको बताउँदै यसको सम्बर्द्धनमा सबैलाई हातेमालो गर्न आग्रह गर्नुभयो । 

    प्रकाशित मिति :चैत्र २८, २०८१ बिहिवार - १५:३३:१७ बजे

    जोईन खबर

    images
    images
    images
    images
    ताजा अपडेट
    धेरै पढिएको