Logo

बिहिवार, कार्तिक १३ गते २०८३

वर्षाका कारण भक्तपुरको साँगा हुँदै काभ्रेपलाञ्चोकतर्फ जाने सडकमा  सवारी साधन चल्न सकेना

वर्षाका कारण भक्तपुरको साँगा हुँदै काभ्रेपलाञ्चोकतर्फ जाने सडकमा  सवारी साधन चल्न सकेना

जोईन खबर

२८, चैत्र २०८१
  • 709
    SHARES
  • वर्षाका कारण भक्तपुरको साँगा हुँदै काभ्रेपलाञ्चोकतर्फ जाने सडकमा  सवारी साधन चल्न सकेना

    २८ चैत काठमाडौँ । भक्तपुरको साँगा हुँदै काभ्रेपलाञ्चोकतर्फ जाने सडकखण्ड वर्षाका कारण हिलाम्मे हुदा साना सवारी साधन   चल्न  सकेका छैनन्  । काभ्रेपलाञ्चोकतर्फ जाने  साना सवारी  साधनहरूलाई  जगाती, च्यामासिंह र नाला हुँदै पठाइएको  छ । हिलाम्मे सडक केही मर्तत गरे संगै ठुला सवारी साधन केही समय अघिदेखी सञ्चालनमा आएका छन् ।  काभ्रेपलाञ्चोकबाट  भक्तपुरतर्फ  आउने सवारी  साधन  भने बिहानैबाट चलिरहेका  थिए ।

    images

    शिक्षक आन्दोलन भइरेहेकाले माइतीघर ( बबरमहल बिजुलीबजार सडक खण्डको मुख्य लेन भएर चल्ने सवारी साधनलाई सर्भिस लेनबाट पठाइएको  छ । आन्दोलनका कारण माइतीघर,  थापाथली, त्रिपुरेश्चर, भोटेबहाल,  टेकु  र नागस्थान  हुँदै  चल्ने  सवारी  साधन पनि  क्युमै  चलिरहेका छन्  ।  पिक आवरमा बढेका  सवारी साधनका कारण जडिबुटी, कोटेश्वर, मित्रपार्क शहिदगेट, केशरमहल, लैनचौर र सोह्रखुट्टे, हुँदै चल्ने सवारी साधन क्युमा चलिरहेका छन् ।नाकाहरूको  सवारी आवागमन भने सामान्य  रहेको  छ ।

    images
    images
    images

    सडक मर्ततका कारण नारायणगढ ( बुटवल  सडक खण्ड अन्तर्गत दाउन्ने खण्ड हुँदै चल्ने सवारी  साधनलाई  हिजोबाट ३१ गते सम्मका लागि दैनिक ४ घण्टा सञ्चालनमा  रोक लगाइएको  छ । बिहान ११ बजेदेखी  दिउँसो ३ बजेसम्म  सवारी  साधन  सञ्चालनमा   रोक  लगाइएको  हो   । त्यस्तै आगामी वैशाख  १ गतेदेखी  भने राति ११ बजे देखि बिहान ५ बजेसम्म सवारी  साधन  सञ्चालनमा रोक  लगाइने  इलाका प्रहरी कार्यालय  दुम्कीबासले जनाएको छ 

    प्रकाशित मिति :चैत्र २८, २०८१ बिहिवार - १६:२०:५७ बजे

    जोईन खबर

    images
    images
    images
    images
    ताजा अपडेट
    धेरै पढिएको