Logo

बिहिवार, कार्तिक १३ गते २०८३

अविरल वर्षापछिको बाढीले अमाहा खोलामा निर्माणाधीन पक्की पुलमा ठूलो क्षति

अविरल वर्षापछिको बाढीले अमाहा खोलामा निर्माणाधीन पक्की पुलमा ठूलो क्षति

जोईन खबर

२८, चैत्र २०८१
  • 943
    SHARES
  • अविरल वर्षापछिको बाढीले अमाहा खोलामा निर्माणाधीन पक्की पुलमा ठूलो क्षति

    २८ चैत काठमाडौँ । आज बिहानदेखि परेको अविरल वर्षापछिको बाढीले यहाँको कटारी नगरपालिका–२ स्थित अमाहा खोलामा निर्माणाधीन पक्की पुलमा क्षति पुर्याएको छ ।सिद्धिचरण राजमार्गअन्तर्गत सिमानपुर र कल्याणपुर जोड्ने निर्माणाधीन पक्की पुलमा क्षति पुगेको सो वडाका वडाध्यक्ष प्रेम थापा क्षेत्रीले जानकारी दिनुभयो ।

    images

    ‘प्रिस्टेड’ प्रविधिद्वारा निर्माणाधीन पुल बाढीका कारण भाँचिएको छ ।इलाका  प्रहरी कार्यालय कटारीका प्रहरी नायब उपरीक्षक कमल बजगाई अनुसार पुल भाचिँदा रु दुई करोड बराबरको क्षति भएको अनुमान गरिएको छ । मिर्चैया–कटारी–घुर्मी सडक योजनाका इन्जिनियर महेश साहका अनुसार पुल ढलान गरिएको १८ दिनमात्र भएको थियो ।

    images
    images
    images

    सूर्य एन्ड सन प्रालि धरानले दुई वर्षमा निर्माण सम्पन्न गर्नेगरी २०७९ असार २९ गते उक्त सडकखण्डअन्तर्गत पर्ने चारवटा पुल एकमुष्ट रु २८ करोड ९९ लाख ५२ हजारमा ठेक्का लिएको थियो ।

    प्रकाशित मिति :चैत्र २८, २०८१ बिहिवार - १७:०१:१२ बजे

    जोईन खबर

    images
    images
    images
    images
    ताजा अपडेट
    धेरै पढिएको