Logo

बिहिवार, कार्तिक १३ गते २०८३

चैत १५ गते देखि फरार रहेका मेडिकल व्यवसायी प्रसाईं भारतमा पक्राउ, आज नेपाल ल्याउने तयारी

चैत १५ गते देखि फरार रहेका मेडिकल व्यवसायी प्रसाईं भारतमा पक्राउ, आज नेपाल ल्याउने तयारी

जोईन खबर

२९, चैत्र २०८१
  • 574
    SHARES
  • चैत १५ गते देखि फरार रहेका मेडिकल व्यवसायी प्रसाईं भारतमा पक्राउ, आज नेपाल ल्याउने तयारी

    २९ चैत काठमाडौँ । चैत १५ गते देखि फरार रहेका मेडिकल व्यवसायी दुर्गा प्रसाईं भारतमा पक्राउ परेका छन् । काठमाडौंको तीनकुनेमा राजावादीको आन्दोलनमा  हिंसा भड्काउन मुख्य भूमिका खेलेका थिए । भारतको आसाम राज्यको प्रहरीसमक्ष आत्मसमर्पण गरेका प्रसाईँलाई झापाको काँकडभिट्टा नाकाबाट नेपाल ल्याउने भएपछि सीमा नाकामा प्रसाईं पारिवारका सदस्य र केही समर्थकहरू कुरेर बसिरहेका छन् ।

    images

    उनले सामाजिक सञ्जालमार्फत आफू भारतको आसाम राज्यको प्रहरीसमक्ष आत्मसमर्पण गरेको दाबी गरेका हुन्। प्रहरीको टोली प्रसाईंलाई खोज्न केही दिन अगाडि भारत गएको थियो।सुरक्षाको ग्यारेन्टी पाएपछि उनले बिहीबार राती ९१३ बजे सामाजिक सञ्जालमा आत्मसमर्पण गरेको उल्लेख गरेका हुन्।राजावादीको हिंसात्मक प्रदर्शनमा प्रसाईंले सुरक्षाकर्मीलाई कुल्चने गरी गाडी कुदाएका थिए।

    images
    images
    images

    लगत्तै पक्राउ परेका प्रसाईलाई प्रहरीले छोडेपछि फरार थिए।प्रसाईं फरार रहे पनि प्रहरीले राप्रपाका  वरिष्ठ उपाध्यक्ष रवीन्द्र मिश्र,महामन्त्री धवलशमशेर राणासहित अन्य केही व्यक्तिलाई पक्राउ गरेको छ। मिश्र र राणालाई राज्यविरुद्धको आपराधिक उपद्रव र संगठित अपराधको मुद्दामा अनुसन्धानका लागि प्रहरी हिरासतमा राखेको छ।

     

    प्रकाशित मिति :चैत्र २९, २०८१ शुक्रवार - ११:०८:०६ बजे

    जोईन खबर

    images
    images
    images
    images
    ताजा अपडेट
    धेरै पढिएको