Logo

बिहिवार, कार्तिक १३ गते २०८३

चैत १५ गते तीनकुनेमा भएको हिंसात्मक घटनाको सम्पूर्ण जिम्मा प्रधानमन्त्रीले लिनु पर्छ : राप्रपा नेता  प्रधान

चैत १५ गते तीनकुनेमा भएको हिंसात्मक घटनाको सम्पूर्ण जिम्मा प्रधानमन्त्रीले लिनु पर्छ : राप्रपा नेता  प्रधान

जोईन खबर

२९, चैत्र २०८१
  • 664
    SHARES
  • चैत १५ गते तीनकुनेमा भएको हिंसात्मक घटनाको सम्पूर्ण जिम्मा प्रधानमन्त्रीले लिनु पर्छ  : राप्रपा नेता  प्रधान

    २९ चैत काठमाडौँ । राष्ट्रिय प्रजातन्त्र पार्टीले चैत १५ गते तीनकुनेमा भएको हिंसात्मक घटनाको सम्पूर्ण जिम्मा प्रधानमन्त्रीले लिनुपर्ने बताएको छ । आज भएको प्रतिनिधि सभाको कानुन न्याय तथा मानवअधिकार समितिको  बैठकमा राप्रपाका सांसद ध्रुव बहादुर प्रधानले तीनकुनेको घटना बारे  सरकारले नै नियोजित रूपमा गराएको आरोप लगाएका हुन् ।

    images

    यही चैत १५ गते काठमाडौँको तीनकुनेमा भएको राजवादीको प्रदर्शनको क्रममा दुई जनाको ज्यान गएको थियो भने तोडफोड र आगजनीबाट निजी तथा सार्वजनिक सम्पत्तिमा क्षति पुगेको थियो ।राजावादीहरूले गरेको प्रदर्शन भने तनावपूर्ण भएको थियो ।राप्रपा सांसद प्रधानले प्रहरीले तीनकुनेको मञ्चमा टियर ग्यास हानेर प्रदर्शनकारीलाई उत्तेजित बनाएको र अप्रिय घटना भएको जिकिर गरे ।

    images
    images
    images

    ‘राजावादी र गणतन्त्रवादी भनेर कम्पेयर गर्न खोजियो ।  नेतृत्वको हिसाबले प्रधानमन्त्रीले सम्पूर्ण जिम्मेवारी लिनुपर्छ ।तीनकुने घटनाको निष्पक्ष छानबिन गरेर सही निचोडमा पुग्न न्यायिक आयोग गठन गर्नुपर्ने उनले बताए । 

    प्रकाशित मिति :चैत्र २९, २०८१ शुक्रवार - १४:०६:०० बजे

    जोईन खबर

    images
    images
    images
    images
    ताजा अपडेट
    धेरै पढिएको