Logo

बिहिवार, कार्तिक १३ गते २०८३

आन्दोलनरत शिक्षक र सरकारका प्रतिनिधिहरुबीच आज पनि वार्ता हुने 

आन्दोलनरत शिक्षक र सरकारका प्रतिनिधिहरुबीच आज पनि वार्ता हुने 

जोईन खबर

३१, चैत्र २०८१
  • 631
    SHARES
  • आन्दोलनरत शिक्षक र सरकारका प्रतिनिधिहरुबीच आज पनि वार्ता हुने 

    ३१ चेत काठमाडौँ । आन्दोलनरत शिक्षक र सरकारका प्रतिनिधिहरुबीच आज पनि वार्ता हुने भएको छ । शिक्षक–कर्मचारीहरुले शिक्षा ऐन जारी गर्न माग गर्दै शैक्षिक हड्ताल गरी काठमाडौं केन्द्रित आन्दोलन गरिरहेका छन् ।शिक्षा मन्त्रालयका कर्मचारी र शिक्षक महासंघका प्रतिनिधिबीच बिहीवारदेखि सुरु संवाद शनिबार साँझसम्म पनि जारी थियो । आज आइतबार पनि दुबै पक्षबीच संवाद हुने बताइएको छ । शिक्षक महासंघकी सहअध्यक्ष नानुमाया पराजुली संवाद सकारात्मक भएको बताउँछिन् ।

    images

    शनिबारको छलफल पछि पराजुलीले भनिन्, ‘संवाद सकारात्मक छ तर निष्कर्षमा पुग्न सकिएन ।उनका अनुसार शिक्षकका मागबारे शिक्षा मन्त्रालयका अधिकारीहरुले मन्त्रिपरिषदबाट गर्न सक्ने निर्णयबारे ब्रिफिङ गर्दै आइतबार अर्थ मन्त्रालयसँग बसेर छलफल गर्ने र पुनः शिक्षक महासंघसँग छलफल गर्ने बताएका थिए ।ऐन जारी गर्ने सुनिश्चितता भयो भने आन्दोलनको मोडालिटी चेन्ज हुन सक्छ ।

    images
    images
    images

    संसदको अबको अधिवेशन सुरु भएको पहिलो साता नै विधेयक पेस गर्ने सत्तारुढ दलहरूले बताउँदै आएका छन् । महासंघले शिक्षक–कर्मचारी मैत्री शिक्षा ऐन जारी हुने सुनिश्चित आधार नभएसम्म आन्दोलन जारी रहने बताएको छ । ‘आन्दोलन धेरै अगाडि बढेको छ । ऐन जारी हुने सुनिश्चित नभएसम्म जारी रहने छ । देशभरका शिक्षकहरुले २० चैतदेखि काठमाडौंमा भेला आएर आन्दोलन गरिरहेका छन् ।

    प्रकाशित मिति :चैत्र ३१, २०८१ आइतवार - ११:५०:१८ बजे

    जोईन खबर

    images
    images
    images
    images
    ताजा अपडेट
    धेरै पढिएको