३१ चैत काठमाडौँ । हङकङमा जारी चारदेशीय टी(२० अन्तर्राष्ट्रिय क्रिकेट खेलमा कुवेतले नेपाललाई उपाधिका जितको लागि १७५ रनको लक्ष्य दिएको छ।आज भएको मङ्ककस्थित मिसन क्रिकेट ग्राउण्डमा टस हारेर ब्याटिङको निम्तो पाएको कुवेतले निर्धारित २० ओभरमा ७ विकेट गुमाउँदै १७४ रन बनाएको हो।
कुवेतले ९ ओभरमा २ विकेट गुमाउँदै १०० रन पूरा गरेको थियो। कुवेतका लागि ओपनर रविजा सान्द्रारुवानले सर्वाधिक ६३ रनको अर्धशतकीय पारी खेले। उनले ३६ बलमा ६ चौका र ४ छक्का प्रहार गरे। अर्का ओपनर क्लिन्टो एन्टोले २६, मित भवसारले १६ र उस्मान पटेलले २३ रन बनाए।
विलाल ताहिर रन आउट भएपश्चात कुवेत ब्याक फुटमा आएको हो। कप्तान मोहम्मद आस्लम १३ र नवीनराज राजेन्द्रन ८ रनमा अविजित रहे। नेपालका लागि बलिङमा नन्दन यादव र सोमपाल कामीले समान २–२ विकेट लिए। करण केसी र कुशल भुर्तेलले १–१ विकेट लिए।